Comments Add Comment

रेष्टुरेन्टको अनौठो अफर, मोबाइल बन्द गरेमा सित्तैमा पिज्जा

कहिलेकाहीँ कुनै रेष्टुरेन्टले यस्ता गज्जबका अफर ल्याउँदछन् कि सुन्दैमा मुखमा पानी भरिन्छ । अमेरिकामा रहेको एउटा रेष्टुरेन्टले हालै यस्तै अनौठो तर गज्जबको अफर ल्याएको छ । जस अनुसार रेष्टुरेन्टमा सित्तैमा पिज्जा खान पाइनेछ, र त्यसका लागि एउटा सानो सर्त पूरा गरे पुग्नेछ ।

क्यालिफोर्नियास्थित द करी पिज्जा नामक रेष्टुरेन्टले यस्तो अफर ल्याएको हो । उक्त रेष्टुरेन्टमा आउने ग्राहकले यदि आफ्नो मोबाइल लकरमा राखेमा उनीहरुले सित्तैमा पिज्जा खान पाउनेछन् ।

आफ्नो मोबाइल लकरमा राखेर पाएकेा सित्तैमा पिज्जा उनीहरुले आफै खान वा दान गर्न समेत सक्नेछन् ।

सित्तैमा पिज्जा पाउनका लागि एक्लै गएर हुँदैन । कम्तिमा ४ जनाको समूहमा जानु पर्दछ र सबैसँग स्मार्टफोन हुनै पर्दछ ।

ग्राहकको फोनलाई लकरमा राख्नुअघि रेष्टुरेन्टका कर्मचारीले फोनको चेकजाँच गर्दछन् ता कि फोन सद्दे होस् । त्यसपछि फोनलाई लकरमा राखिन्छ । रेष्टुरेन्टमा खाना खाएर निस्कने बेलामा उनीहरुलाई आफ्नो फोन फिर्ता दिइन्छ ।

यद्यपि उनीहरुले तत्कालै सित्तैमा पिज्जा पाउने होइन । २४ घण्टाभित्र दोश्रो पटक रेष्टुरेन्टमा आएका बखत उनीहरुले सित्तैको पिज्जा पाउँछन् ।

यो अफर सुरु भएको करीब ३ हप्ता बितिसकेको छ । अहिलेसम्म रेष्टुरेन्टले ५० वटा ठूलो आकारका पिज्जा सित्तैमा बाँडिसकेको छ ।

मोबाइल लकरमा राखिदिएर सित्तैमा पिज्जा दिने अफर ल्याउनुको खास कारण छ । वास्तवमा मानिसहरुमा मोबाइलको लत छुटाउन तथा समूहमा कुराकानी तथा छलफल गर्नका लागि प्रेरित गर्न रेष्टुरेन्टले यस्तो अफर ल्याएकेा बताएको छ ।

मानिसहरु रेष्टुरेन्टमा खान आउँदा समेत मोबाइलमा झुण्डिरहने र एक अर्कामा कुराकानी समेत नगर्ने गर्दा मानिसहरुबीच दूरी बढिरहेकेा महसुस गरी यस्तो योजना अघि सारिएको रेष्टुरेन्टले जनाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment