Comments Add Comment

युवाहरुको विश्वास गुम्न नदिन आयोग सचेत : उमेश मैनाली

१ असार, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् ।

अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको छिटो गठन होस् भन्ने अपेक्षा गरिएको पनि उनले प्रष्ट पारेका छन् ।

आयोगको ६९ औं वाषिर्कोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष मैनालीले आयोगको आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको बताए ।

अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment