Comments Add Comment

जब इजलासमा गाईलाई उभ्याएर न्यायाधीशले फैसला सुनाए…

हामीले वादी प्रतिवादी, साक्षी आदिको रुपमा मान्छेहरु नै अदालतमा उपस्थित भएको वा पेश गरिएको देखेका छौँ । तर यो दुनियामा मान्छे मात्र होइन, गाईलाई पनि अदालतमा उपस्थित गराइन्छ । भारतको राजस्थानमा हालै यस्तै भएको छ ।

राजस्थानको जोधपुरस्थित अदालतमा गाईलाई उपस्थित गराएका बखत न्यायाधीशले फैसला सुनाएका छन् ।

गाईको स्वामित्वका विषयमा चलिरहेको एक मुद्दाका क्रममा सो गाईलाई नै अदालतमा उपस्थित गराइएको हो ।

स्थानीय श्याम सिंह र ओमप्रकाश नामका दुई व्यक्तिबीच उक्त गाइको मालिक को हो ? भन्ने विषयमा विवाद चलिरहेको थियो, विगत एक वर्षदेखि । यस विषयमा स्थानीय पुलिस चौकीमा उजुरी परेको र प्रहरीले विवाद मिलाउन अनेक कोसिस गर्यो । तर पुलिस चौकीमा विवाद मिलाउन नसकेपछि सो विवाद अदालतमा प्रवेश गरेको थियो, गत अप्रिलमा ।

अदालतमा पेशीको दिन सो गाईलाई इजलासमा पेश गरियो । तर त्यसदिन न्यायाधीश आफ्नो नियमित इजलास कोठाबाट बाहिर अदालत परिसरमा गाई बाँधिएको ठाउँमा आएरै इजलास खडा गरे ।

त्यसपछि उनले सो गाईको नजिकै आफुलाई मालिक दाबी गर्ने दुबैजना वादी प्रतिवादीलाई उभ्याए । त्यसपछि उनले पालैपालो गाईलाई समाएर घुमाउन तथा सुम्सुम्याउन लगाए । उनले दुबै जनाप्रति गाईले देखाउने प्रतिक्रियालाई निकै गम्भीर ढंगले हेरे । अदालतमा दुबै पक्षको बयान पनि लिइयो । गाईको भौतिक पहिचानीकरण समेत गरिएको थियो ।

यी सबै प्रक्रिया पश्चात् न्यायाधीशले आफ्नो फैसला सुनाए । जस अनुसार उक्त गाईका वास्तविक मालिक ओमप्रकाश रहेको ठहर गर्दै उक्त गाई ओमप्रकाशलाई हस्तान्तरण गर्न समेत अदालतले आदेश दिएको छ । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment