Comments Add Comment

पाकिस्तानविरुद्ध रोहितको शतक, भारत बलियो स्कोरतर्फ

काठमाडाैं । विश्वकप क्रिकेट अन्तरगत जारी भारत र पाकिस्तानबीचको म्याचमा भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले शतक प्रहार गरेका छन् । रोहितको आक्रमक ब्याटिङसँगै भारत बलियो स्कोरतर्फ अघि बढेको छ । जारी विश्वकपमा उनको यो दोस्रो सतक हो ।

रोहितले ८५ बलमा ३ छक्का र ९ चौकासहित सतक बनाएका थिए । यो समाचार लेख्दासम्म भारतले ३१ ओभर खेल्दै एक सय ८० रन बनाएको छ ।

शिखर धवनको अनुपस्थितिमा ओपनिङ गरेका केएल राहुल अर्द्धसतक बनाएर आउट भए । ३ चौका र २ छक्कासहित ७८ बलमा ५७ रन बनाएका उनलाई वाहव रियाजले आउट गरेका थिए । अहिले रोहितलाई कप्तान विराट कोहलीले साथ दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment