Comments Add Comment

५ लाख बराबरको कपडा बरामद

१ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ५ लाख मुल्य बराबरको समान बरामद गरेको छ ।

आइतबार बिहान चेकजाँचको क्रममा वीरगञ्ज १६ रजतजयन्ती क्षेत्रबाट कपडा, कम्युटर पार्टस लगायतका समान बरामद भएको हो ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मबाट खटिएको ड्युटी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको पाँच लाख एक हजार पाँच सय पचास रुपैयाँ बराबरको समान बरामद गरेको थियो ।

लत्ताकपडा, कम्प्यूटर पार्टस, मोटर पार्टस लगायतका समान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरि सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १७ आईसीपी परिसरबाट बेवारिसे ट्रक बरामद गरेको छ । अन्दाजी बाईस लाख मुल्य बराबरको ट्रक बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रक तथा बरामद गरिएका अन्य समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment