Comments Add Comment

प्रदेश ३ का कर्मचारीलाई थप एक महिनाको तलब

Photo Credit : आइतबार प्रदेश ३ को बजेट प्रस्तुत गर्नुअघि त्यहाँका अर्थमन्त्री कैलाश ढुंगेल ।

२ असार, हेटौंडा । प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब थप गर्ने भएको छ ।

आइतबार बजेटमार्फत संघीय सरकारले वृद्धि गरेको तलबमान साउन १ देखि लागू गर्ने घोषणा गरिएको छ । साथै प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही तीन महिना प्रदेश सरकारमा सेवा गरेका कर्मचारीलाई थप उत्प्रेरित गर्न र अन्य कर्मचारीलाई आकर्षित गर्न एक महिनाको तलब बराबरको रकम प्रोत्साहन स्वरुप दिइने भएको छ ।

प्रदेश सरकारको बजेटमा प्रदेश निजामती सेवा पुरस्कारका लागि समेत रकम छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment