Comments Add Comment

पानी ट्यांकीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु

२ असार, गुल्मी । पानी ट्यांकीमा डुबेर गुल्मीमा १ जनाको ज्यान गएको छ । दरबार गाउँपालिका–७, ठूलीचौर निवासी ३५ वर्षीया मीना थापाको ट्यांकीमा डुबेर ज्यान गएको हो ।

सोमबार बिहान घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी प्रहरीले गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment