Comments Add Comment

वेष्टइण्डिजको शर्ट बलिङको जवाफ दिन तयार छन् तमीम

काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशका ब्याट्सम्यान तमीम इकबालको प्रदर्शन राम्रो रहेन । अहिलेस्म्म खेलेको तीन खेलमा उनले १६, २४ र १९ रनको पारी खेले ।

तर वेष्टइण्डिज टिम आफ्नो चिरपरिचित शैलीमा उनीविरुद्ध शर्ट बलको रणनीतिमा उत्रियो भने आफूलाई रन बनाउने अबसर हुने मान्छन् । उनी भन्छन्, ‘नेट्समा हामी त्यस्तै माहौल बनाउँछौं, जस्तो विरोधीले टिमले बनाउँछ । उनीहरु शर्ट बल खेलेर हामीलाई निशाना बनाउन सक्छ । वेष्टइण्डिजले हरेक टिमविरुद्ध सुरुवाती १०/१५ ओभरमा यस्तै गर्छ । यस्तोमा रन बनाउने मौका पनि पाइन्छ । हामी दुबै सम्भावनाका लागि तयार हुनुपर्छ र कडा मेहनत गर्नुपर्छ ।’

वेष्टइण्डिजका बलर र ब्याट्सम्यानबारे आफूहरु परिचित रहेको तर, विश्वकपमा अर्कै रणनीतिमा प्रस्तुत भएको उनले सुनाए । तमीम भन्छन्, ‘हामीले आयरल्याण्ड र वेष्टइण्डिजमा जे सामना गर्‍यौं, त्यो होइन । उनीहरु शर्ट बलमा केन्द्रित भएका छन् । यदी हामीले यसको सामना गर्न सक्यौं भने रन बनाउने मौका पनि पाउँछौं ।’

पछिल्लो दुई पारीमा पुल शर्ट खेल्ने प्रयासमा तमीमम मार्ड वुड र लोकी फर्गुसनको बलमा आउट भएका थिए ।

तमीम भने वेष्टइण्डिजविरुद्ध हालै खेलेको खेलको अनुभव काम लाग्ने बताउँछन् । विश्वकप अघि आयरल्याण्डमा भएको तीन देशको सिरिजमा बंगलादेशले वेष्टइण्डिजलाई तीन पटक हराएको थियो ।

तमीम भन्छन्, विश्वकप अघि तीनै बलिङ अट्याक (दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र इंग्ल्याण्ड) एउटै जस्तो थियो । वेष्टइण्डिजमा तीव्र गतिका बलर छन् । उनीहरु मध्ये तीन जना १४० किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गर्छन् । राम्रो कुरा यो छ कि तीनै विरुद्ध पछिल्लो डेढ वर्ष ब्याटिङ गरेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment