Comments Add Comment

बौद्धमार्गी देशबाट पर्यटकलाई नेपाल भ्रमणको निम्ता

२ असार, काठमाडौं । नेपाली पर्यटन व्यवसायी र सरोकारवालाले बौर्द्धमार्गी बाहुल्य रहेका देशबाट पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल पर्यटन बोर्ड तथा सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल)ले नेपाल सेल्स मिसन सम्पन्न गरेका छन् ।

यी मुलुक नेपाली पर्यटनका लागि उदयमान स्रोत हुन । केही समय अगाडी प्रधानमन्त्री केपि शर्मा ओलीले कम्बोडिया र भियतनाम भ्रमणले यस गन्तब्यमा नेपालको सकारात्मक प्रचार भएको बताइएको छ । जुन १०, १२ र १४ तारिखमा य तिीन मुलुकमा नेपाल सेलस मिसन आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० का लागि बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटन विकासलाई प्राथमिकता दिएको भन्दै पर्यटन व्यवसायीका माध्यमबाट दुई देशबीचको सम्बन्ध प्रगाढ बनदै गरेको बताएका थिए ।

सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रको रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी समक्ष आग्रह गरेका थिए ।

भियतनामको हनोई, कम्बोडियाको न्होम प्नेँह र थाईल्याण्डको बैंकक नेपाल सेलस मिसन आयोजना गरिएको थियो ।

सन् २०१८ मा भियतनामबाट नेपालमा १२ हजार ४ सय ५४ पर्यटक आएका छन् । कम्बोडियाबाट ३ हजार ७ सय ९० र थाईल्याण्डबाट ५३ हजार २ सय ५० जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । नेपाल वायु सेवा निगमले बैंककका लागि काठमाडौंबाट सातामा तीन उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment