Comments Add Comment

५९० रोपनी परिवारको नाममा ल्याउने १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Photo Credit : व्यक्तिको नाममा लगिएको जग्गा

२ असार, काठमाडौं । जुम्लाको गुठीचौरस्थित भेडा बाख्रा फार्मको ५ सय ९० रोपनी जग्गा परिवारको नाममा दर्ता गर्ने जुम्लाका तत्कालिन मालपोत अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मालपोत कार्यालय जुम्लाका तत्कालिन निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका ना.सु. बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

उनीहरुले गुठीचौरको भेंडा बाख्रा फार्मको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका अनलाइनखबरले खुलासा गरेको थियो ।

यो पनि पढ्नुहोस ५९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतका परिवारको नाममा दर्ता

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मालपोत कार्यालयका कर्मचारीले नापी कार्यालय र भेंडा वाख्रा फार्मसँग मिली करिब ९३ हजार वर्ग मिटर जग्गा जग्गा बाँडफाँट गरी व्यक्तिको नाममा दर्ता गरेका थिए ।

जुम्ला जिल्ला साबिक गुठीचौर गाविस वडा नं. ६ मा पर्ने उक्त जग्गा भेंडा तथा बाख्रा कार्यक्रमको नाममा दर्ता थियो । तर द्वन्द्वकालमा जली नष्ट भएको सक्कल फाइललाई स्थानीय हरिहर न्यौपानेको निवेदनबाट पुनःउजागर गरी मिलेमतो गरेको अख्तियारको भनाइ छ ।

उक्त सरकारी सार्वजनिक जग्गा हरिहर न्यौपानेसमेतका १५ जना व्यक्तिको नाममा हक हस्तान्तरण भएको थियो । अख्तियारले हरिहर न्यौपाने, मुनिषचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख गोविन्दप्रसाद न्यौपाने, मालपोतका कर्मचारी विजय शर्मा न्यौपाने र भेडा तथा वाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख यमुना कुमार श्रेष्ठसँग ४५ लाख रुपैयाँ विगो माग दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment