Comments Add Comment

मार्फूखोलामा पाैडी खेल्न पसेका एक विद्यार्थी मृत भेटिए

३ असार, काठमाडौं । शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला पौडी खेल्न खोलामा पस्दा  एकजना विद्यार्थीको मृत्यु  भएको छ ।

कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवालको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले चार दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको बताए ।

प्रहरीका अनुसार जेभियर्स इन्टरनेश्नल कलेजमा कलेजमा ‘ब्याचलर इन सोसियल वर्क’ पढ्ने भेटवालसहित ६१ जनाको समूह शैक्षिक भ्रमणमा निस्किएको थियो । फर्किने क्रममा केही विद्यार्थी मार्फूमा झरेका थिए ।

‘मार्फूमा ओर्लिएर उनीहरु पौडी खेल्न खोलामा पसेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यतिवेलै उनी नदीमा डुबेको हुनसक्ने देखिएको छ ।’

मृतकका आफन्तले कलेज प्रशासनको लापरबाही भएको भन्दै सत्य, तथ्य छानविनको माग गरेका छन् । अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment