Comments Add Comment

अछाम छिरेका तीन भारतीय प्रहरी नियन्त्रणमा

Photo Credit : साङ्केतिक तस्वीर

३ असार, काठमाडौं । भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका तीन जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक खोज्दै छत्तिसगढ प्रहरी नेपाल छिरेको हो ।

जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले तीन जना भारतीय प्रहरी आफूहरुको सम्पर्कमा आएको स्वीकारे । तर, उनले ती अधिकृत विना हतियार, सिभिलको रुपमा आएको दाबी गरे ।

प्रहरीका अनुसार अछामका १९ वर्षीया केशव सोनीले छत्तिसगढकी १५ वर्षीया किशोरीलाई भगाएर ल्याएका थिए । भारतमा किशोरीको परिवारले जोहरी दिएपछि त्यहाँका प्रहरी अधिकृत नेपाल आएको जनाइएको छ ।

‘उनीहरुले किशोरीलाई लिएर जाने अडान राखेका छन्’, एक प्रहरी अधिकृतले भने, ‘हल्लाखल्ला भएपछि उनीहरूलाई नियन्त्रणमा राखिएको छ ।’

कानुनतः कुनै मुलुकको सार्वभौमिकतामा खलल पुग्ने गरी विना अनुमति कुनै मुलुकले खानतलासी वा अनुसन्धान गर्न पाउँदैन । तर, स्थानीय स्तरमा प्रहरी–प्रहरीबीच समन्वयबाट अपराध नियन्त्रणमा सहकार्य हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment