Comments Add Comment

विश्वकप क्रिकेटः इंग्ल्यान्ड टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ ।

घरेलु टोलीले म्यान्चेस्टरमा टस जितेर ब्याटिङ रोजेपछि अफगानिस्तानले बलिङको निम्तो पाएको छ । इंग्ल्यान्ड चौथो जितको खोजीमा हुनेछ भने अफगानिस्तान पहिलो ।

अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन र अंकविहीन छ ।

सुरुवाती खेलदेखि अहिलेसम्म अफगानिस्तानले कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । विशेषगरी ब्याटिङ लाइन अफगानिस्तानको झनै खस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment