Comments Add Comment

नीति निर्माणमा जुट्यो धितोपत्र बोर्ड, सरोकारवालाले दिए यस्तो सुझाव

३ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६-७७ का लागि वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रमको निर्माणमा जुटेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउनका लागि बोर्डले मंगलबार सरोकारवालाहरुसँगको सुझाव समेत लिएको छ । धितोपत्र सम्बन्धी जानकार तथा लगानीकर्ताहरुले मंगलबार आयोजित कार्यक्रममा बोर्डलाई सुझाव दिए ।

सेयर ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीले त्रैमासिक वित्तीय विवरण समयमा सार्वजनिक नगरेको खण्डमा सूचीकृत हुनबाट रोक लगानु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

नेपाल इभेष्टर्स फोरमका उपाध्यक्ष तुली ढकालले सेयर बजार सम्बन्धी साक्षरताको धेरै कमी रहेको भन्दै त्यतर्फ ध्यान दिन आग्रह गरे । धेरैलाई स्थानीयले खरिद गरेको सेयर दोस्रो बजारमा बिक्री गर्ने सम्बन्धमा जानकारी नभएको भन्दै तयसतर्फ ध्यान दिन उनले बोर्डलाई आग्रह गरे ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले धितोपत्र बोर्डले बजारको बिकास तथा सुधार गरि धितोपत्र बजारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि बोर्डबाट हालसालै धेरै किसिमका सुधारात्मकर विकासात्मक कार्यहरु भएको भन्दै प्रशंसा गरिन् । उनले अब बोर्डले गर्ने अभिमुखिकरण कार्यक्रमहरुमा आफ्नो संघलाई पनि समावेस गराउन माग गरिन् ।

अध्यक्ष पोखरेलले गैर आवसिय नेपालीलाई पुँजी बजारमा प्रवेश गर्न सहजीकरण गर्नुपर्ने, सुचना प्रवाह व्यवस्थामा सुधार गर्नुपर्र्नेे, ईक्रा रेटिडमा थप कडाई गर्नु पर्ने, ब्रोकरलाई उपत्यका बाहिर जान प्रोत्साहित गर्नुपर्ने सझुाव दिइन् ।

अधिवक्ता अमृत खरेलले आर्थिक पत्रकारहरुलाई दोस्रो बजारमा कारोबार गर्न दिने विषयम एक पटक सोच्नु पर्ने बताए । आर्थिक पत्रकारहरु आफैं लगानीकर्ता हुँदा केहि समस्या आएको भन्दै उनले दोस्रो बजारमा रोक लगाउनु उत्तम हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment