Comments Add Comment

गुठी विधेययकविरुद्ध आन्दोलन गर्नेहरु भन्छन्ः सरकारको निर्णय सकारात्मक

३ असार, काठमाडौं । गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले विधेयक फिर्ता लिने सरकारको निर्णयलाई सकारात्मक भनेको छ ।

चौतर्फी दबावपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

लगतै गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका सयोजक डा. महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारी घोषणालाई सकारात्मक भनेका हुन् । साथै विधेयक फिर्ता गराउन पहल गर्ने तथा दबाव दिने सबैलाई धन्यवाद दिएको छ ।

तर, प्रधानमन्त्रीले आन्दोलनकारीबारे गरेको टिप्पणीप्रति खेद व्यक्त गरेका छन् ।

विधेयकमा त्रुटी रहेको सरकारले अझै प्रष्ट स्वीकार नगरेको भन्दै खबरदारी आवश्यक रहेको उनले बताएका छन् । साथै भोलि माइतीघर मण्डलामा गर्ने भनिएको जनप्रदर्शनलाई खबरदारी सभाका रुपमा गर्ने श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment