Comments Add Comment

किसानले बनाए रुख चढ्ने साइकल

सुरिलो रुखमा चढ्न मान्छेलाई त गाह्रो हुन्छ । तर भारतमा एकजना किसानले रुख चढ्ने साइकल बनाएका छन् ।

कर्नाटकका एकजना किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल तयार गरेका हुन् । साइकल आकारको उक्त मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ ।

कर्नाटकको सजिमामूडा भन्ने गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल तयार गरेका हुन् । यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ ।

यो निकै सजिलो उपयोगी आविष्कार भएको उनको दाबी छ । यो साइकलमा ६० देखि ८० किलो वजन भएका मान्छे चढ्न मिल्दछ । यो मेसिन पेट्रोलबाट चल्दछ र सुरक्षा तथा सावधानीको पर्याप्त बन्दोबस्त गरिएको छ ।

किसानहरुलाई नरिवल, सुपारीजस्ता सुरिला रुख चढ्न निकै अप्ठेरो पर्ने भएको हुँदा त्यस्ता रुखहरुमा चढ्नका लागि किसानहरुको पहिलो रोजाइमा यो साइकल पर्ने विश्वास उनको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment