Comments Add Comment

‘गोल्ड मेडलिस्ट’ बन्न खोज्दा अधिवक्ता पक्राउ

परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी पनि समातिए

४ जेठ, काठमाडौं । चार वटा विषयमा डिग्री लिएका एक अधिवक्ता पाचौं डिग्री लिने क्रममा पक्राउ परेका छन् । अर्थशास्त्र विषयमा डिग्रीका लागि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई पैसा खुवाएको भेटिएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार अधिवक्ता सुरेन्द्र कोइरालाले पनिका बल्खुको गोप्य शाखाका प्रमुख राम कर्माचार्यलाई पैसा खुवाएका थिए । कर्माचार्य गत साता नै पक्राउ परेका थिए ।

प्रारम्भिक जानकारीअनुसार कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए । र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका थिए । उनलाई स्नातकोत्तर तहमा ‘गोल्ड मेडलिस्ट’ हुने रहर जागेको थियो । त्यही रहरलाई पूरा गर्न उनले विचौलियामार्फत कर्मचार्यसँग सम्पर्क गरे । मोटो रकमको डिल भएपछि कर्माचार्य कोइरालालाई पर्याप्त नम्बर थपेर ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएको अख्तियारले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न विचौलियामार्फत नम्बर बढाएर पास गराउने गिरोहउपर गम्भीरताका साथ छानविन भइरहेको छ ।

सहायक डिन रंगेहात पक्राउ

यसैबीच त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल वुधबार पक्राउ परेका छन् ।

विभिन्न कलेजको नविकरण गर्ने क्रममा घुस लिदा लिदै पटेल पक्राउ परेका हुन । उनलाई अख्तियारको विशेष टोलीले रू ५० हजार घुस लिदा लिदै बुधबार कीर्तिपुरस्थित टयाङ्लाफाटबाट प्रक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment