Comments Add Comment

जनकपुरका होटलमा आगलागी, ८ सिलिण्डर विष्फोट

५ असार, काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२, कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

राति करिब २:४० मा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानले फि्रजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।

‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, खनालले अनलाइनखबरसँग भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’

उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए ।

क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment