Comments Add Comment

चन्द्रागिरी-१५ का वडाध्यक्षले प्राधिकरणसँग मागे पोल र तारको पनि भाडा

नगरपालिका स्वीकृति नलिई बालियो सडक बत्ति

५ असार, काठमाडौं । चन्द्रागिरी नगपालिकाले नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत नलिई सडक वात्ति बालेको खुलेको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले अनाधिकृत रुपमा सडक वत्ति बालेको फेला पारेपछि नगरपालिको वडानम्बर १५लाई सम्झौता गर्न २ जेठमा पत्राचार गरेको थियो ।

वितरण केन्द्रका प्रमुख रोशन खड्काले वडा क्षेत्रमा प्राधिकरणको स्वीकृति नलई सडक बत्ति जडान गरी बालेको पाइएकोले कार्यालयमा सम्पर्क गर्न पत्राचार गरेका थिए ।

खड्काले सात दिनभित्रमा सम्पर्क गर्न नआएमा  जडान भएका सडक वत्ति हटाउने चेतावनी दिएका थिए । पत्रमा वडा क्षेत्रभित्र वालिएको र बाल्नु पर्ने सडक वत्तिको यकिन गरी सम्झौता गर्न आग्रह गरिएको थियो ।

तर, सुरुमा  वडाध्यक्ष उत्तमबहादुर  राउतले पत्र बुझ्न अस्विकार गरेका थिए । धेरैपछिको प्रयासपछि पत्र बुझ्न तयार भएका राउतले वडा क्षेत्रभित्र रहेका प्राधिकरणका पोल, तार लगायतका संरचनाको भाडा तिर्नु पर्ने सर्त अगाडि सारेका छन् ।

उनले पहिलो भाडा रकम भुक्तानी गरेपछि मात्रै सडक वत्तिको महसुल तिर्ने सर्तमा पत्र बुझेका छन् ।

‘विसं २०२८ सालदेखि हालसम्म यस वडा क्षेत्रभित्र रहेका नेपाल विद्युत प्राधिकरणका पोल, तार लगायतका संरचनाको भाडा यस वडा कार्यालयमा भुक्तानी गरे पश्चात मात्र सडक बत्तीको महसुल तिर्ने सर्तमा यो पत्र बुझेको छ’,राउतले उल्लेख गरेका छन् ।

जुन सर्त नेपाल विद्युत प्राधिकरण ऐन २०४१को विपरित छ । ऐनको दफा ३२मा प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर नलाग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment