Comments Add Comment

बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन : काउटिन्हो

काठमाडौं । बार्सिलोनाका प्ले मेकर फिपिल काउटिन्होले क्लबमा आफ्नो भविश्ष्य अनिश्चित रहेको स्वीकार गरेका छन् ।

ब्राजिलियन फुटबलर काउटिन्हो महंगो मूल्यमा नाउ क्याम्प गएका थिए । तर उनको प्रदर्शन त्यसअनुसार भएन ।

कोपा अमेरिका खेलिरहेका काउटिन्होले भनेका छन्, ‘बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन । भविश्यबारे कसैलाई थाहा हुन्न । हहिले म देशका लागि खेल्न केन्दि्रत छु ।’

पछिल्लो समय काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पठाएर नेयमार बार्सिलोना आउने चर्चा पनि चलेको छ । इंग्लिस क्लबहरुले पनि काउटिन्होप्रति चासो देखाएका छन् । तर २७ वर्षे फुटबलरले म्यानचेष्टर युनाइटेड आउने सम्भावना अस्वीकार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment