Comments Add Comment

फेक आइडीबाट दिक्क ‘माग्ने बुढा’को ‘एकाउन्ट भेरिफाइड’

बलिउड र हलिउडका धेरै सेलिब्रिटीले फेसबुकमा लाइक पेज बनाएका छन् । उनीहरु, फेसबुक एकान्ट खासै चलाउँदैनन् । तर, नेपालका धेरै सेलिब्रिटीको भने फेसबुकमा एकाउन्ट र लाइक पेज दुबै छ । अधिकांशको फेसबुक पेज भेरिफाइड पनि छ ।

तर, नेपाली चलचित्र क्षेत्रका हाँँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को भने फेसबुकको एकान्ट पेज नै फेसबुकले भेरिफाइड गरेको छ । उनको एकान्ट केही दिन अगाडि मात्र भेरिफाइड भएको हो ।

नेपालका अन्य कलाकारको फेसबुक एकाउन्ट भेरिफाइड छैन । पेज प्रमाणित भएपछि केदारले अनलाइनखबरसँग भने–‘मैले ३ बर्षदेखि एकाउन्ट भेरिफाइड गराउनका लागि प्रोसेस चालेको थिएँ । अहिले एकान्ट भेरिफाइड भएपछि ढुक्क भएको छ । अब, फेक आइडीबाट दर्शकहरुले दुःख पाउनु हुनेछैन भन्नेमा ढुक्क छु ।’

उनको फेसबुकमा लाइक पेज पनि छ । तर, उनले लाइक पेज भन्दा एकाउन्ट नै बढी चलाउने गरेको बताए । उनले भने–‘कहिले पेज त कहिले एकाउन्ट चलाउन गाह्रो हुन्छ । अब, एकाउन्ट नै भेरिफाइड भएपछि पेज कम चलाउँछु ।’
नेपालमा संभवत अन्य कलाकारको एकाउन्ट नै भेरिफाइड छैन । केदारले एकाउन्ट भेरिफाइड गराउनका लागि सरकारी कागजपत्र पेश गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment