Comments Add Comment

काठमाडौंको गोकर्णमा बस दुर्घटना

५ असार, काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।

रत्नपार्कबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर सहचालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment