Comments Add Comment

मुख्यमन्त्रीलाई मतदाताको पत्र : मनपर्ने बियर खान पाइएन

काठमाडौं । जनताका गुनासो पनि कस्ता कस्ता हुन्छन् ? अरुलाई अरुको चिन्ता, घरज्वाइँलाई खानकै चिन्ता भन्ने उखान भारतको तेलंगनाका एकजना व्यक्तिले चरितार्थ गरेका छन् । आफूलाई निकै मनपर्ने बियर बजारमा नपाएको भन्दै उनले तेलंगना राज्यका मुख्यमन्त्रीसँग लिखित गुनासो गरेका छन् ।

मुख्यमन्त्री चन्द्रशेखर रावसँग एक व्यक्तिले अनौठो माग राखे । मुख्यमन्त्रीलाई चिठी लेखेर ती व्यक्तिले बजारमा आफूलाई मनपर्ने ब्राण्डको बियर उपलब्ध गराउन माग गरे । ती व्यक्तिको जिल्लामा उनलाई मनपर्ने बियर बिक्दो रहेन छ । त्यसैले उनले उक्त बियर आफ्नो ठाउँमा पनि पाइने व्यवस्था गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री चन्द्रशेखर राव

स्मरण रहोस् तेलंगाना राज्य भारतमा धेरै रक्सी खपत हुने राज्यमध्ये एक हो । त्यसैले जनताहरु मुख्यमन्त्रीसँगै आफ्नो मनपर्ने रक्सीको माग गर्न हिच्किचाउँदैनन् ।

तेलंगानाको जगतियाल जिल्लामा हालै सम्पन्न स्थानीय चुनावका क्रममा मतपेटिकाभित्र उक्त पत्र फेला परेको थियो । मुख्यमन्त्रीलाई लेखिएको सो पत्रमा मतदाताले आफ्नो नाम चाहिँ खुलाएका छैनन् ।

उनले आफ्नो जिल्लालाई अर्को छिमेकी जिल्लासँग गाभ्न पनि माग गरेका छन् । जिल्ला गाभ्न अनुरोध गर्नुको कारण पनि बियर नै हो । किनकी उनको छिमेकी जिल्लामा भने सो बियर पाउँदो रहेछ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment