Comments Add Comment

प्रदेश १ को आर्थिक विधेयक पारित

६ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । शुक्रबार विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले दिएपििछ विधेयक पारित भएको हो ।

प्रगतिशील कर प्रणालीका आधारमा सबै करलाई व्यवस्थित गरिएको स्पष्ट उनले बताए । मन्त्री आङ्बाले कर नबढाई करको दायरलाई मात्र फराकिलो बनाइएको जानकारी दिए ।

मन्त्री आङ्म्बोले प्रदेश सरकारले स्थानीय खोलाबाट निकासी हुने ढुंगा, गिट्टी बालुवामा समेत आगामी आर्थिक बर्षदेखि कर नलगाइने बताए ।

यसअघि प्रकृतिक स्रोत साधान ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निकालिएको कच्च पदार्थको मात्र ठेकेदारले सरकारलाई १३ प्रतिशत कर तिर्ने गरेको थियो ।

क्रसर उद्योगको हकमा यो लागु भएको थिएन । तर प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि क्रसर उद्योगमा संकलन गरी तयारी अवस्थामा बिक्री गरिने ढुंगा गिट्टी र बालुवामा पनि थप १३ प्रतिशत कर उठाउने सरकारले तयारी गरेको हो ।

आर्थिक विधेयकको छलफलमाथि भाग लिदै सांसदहरुले भने १ सय २५ सीसीको मोटरसाइकलको कर घटाएर १ सय भन्दा बढी सीसीको हाल कायम रहेको करको दर बढाउनु पर्ने, ठूला चारपांग्रे सवारी साधनको कर बढाउन माग गरे ।

यातायात कार्यालयमा सवारी पासदेखि राजस्व तिर्न पनि सकस हुने गरेको भन्दै हाल रहेका कार्यालयहरुलाई व्यवस्थित गर्न मागसमेत गरेका थिए ।

छलफलमा सांसदहरु श्रीप्रसाद मैनाली, विजयकुमार विश्वास, राधा थापाले भाग दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment