७ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएराति दुई बस ठोक्किँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् ।
घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4