Comments Add Comment

ट्राफिक पुलिसको सूचनाः रक्सी सेवन गरेर मोबाइल नचलाउनुस्

मापसे गरेर सवारी साधन नचलाउन आग्रह गरिएका ट्राफिक प्रहरीका सूचना बोर्डहरु हामीले देेखेकै छौँ ।

तर जब ट्राफिक प्रहरीले रक्सी पिएको बेला मोबाइल नचलाउन अनुरोध गरेर बकाइदा होर्डिङ बोर्ड नै ठड्याउँछ तब त्यो चर्चाको विषय नबन्ने कुरै भएन ।

भारतको जम्मु काश्मीर प्रहरीले मुगल रोडस्थित राजमार्गमा राखेको साइन बोर्ड अहिले सोसल मिडियामा भाइरल भैरहेको छ ।

उक्त साइन बोर्डमा लेखिएको छः मादक पदार्थ पिएको बेला मोबाइल फोनको प्रयोग नगर्नुहोस् -Don’t use mobile phone while drinking)

लामो समयदेखि मुगल रोडमा यो बोर्ड टाँगिएको थियो ।

जब यो बोर्ड सोसल मिडियामा भाइरल बन्यो, तब स्थानीय प्रशासनले उक्त बोर्ड हटायो ।

साथै त्यस्तो भाषाको बोर्ड राखिएको घटनाको विषयमा अनुसन्धान समेत सुरु गरिएको छ । भारत प्रशासित काश्मीरमा मुगल रोड ऐतिहासिक तथा चर्चित सडक हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment