Comments Add Comment

अफगानिस्तानविरुद्ध बंगलादेश ब्याटिङ गर्दै

९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध बंगलादेशले ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने भएपछि बंगलादेशले ब्याटिङको निम्तो पाएको हो । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । यता बंगलोदशले आफ्नो विश्वकपको सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि आजको खेल जित्नैपर्ने हुन्छ ।

अफगानिस्तानले खेलको ६ खेलमध्ये सबैमा हारेको छ । बंगलादेशले भने दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको छ भने एक खेलमा पानीको कारण अंक बाँड्दै ५ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment