Comments Add Comment

बोर्ड अध्यक्षले भन्न चाहेका २ कुरा के थिए ?

आइतबार बेलुकी आयोजना भएको चलचित्र ‘दाल भात तरकारी’को ५१ दिने कार्यक्रममा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले मन्तव्य राख्ने क्रममा २ वटा कुरा भन्न खोजे । चलचित्र विकास बोर्डका अध्यक्षले २ वटा राख्न खोजेपनि सकेनन् । किनकी, उनले बोल्ने क्रममा कार्यक्रमको हल पुरै खाली भैसकेको थियो ।

कार्यक्रमका लागि निमन्त्रणा गरिएका अधिकांश अतिथी हल बाहिर पुगिसकेका थिए । बोर्ड अध्यक्षले भने–‘मलाई आज २ वटा कुरा भन्न मन लागेको थियो । तर, पुरै हल नै खाली छ । यसैले भन्न मन लागेर पनि सकिनँ ।’बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रकै बिषयमा उपस्थित चलचित्रकर्मी र पत्रकारलाई केही कुरा जानकारी गराउन लागेको बताएका थिए ।

उनले, बरु आफ्नो चलचित्र ‘आफ्नो मान्छे’ले ५१ दिन मनाउँदा मह जोडी प्रमुख अतिथी भएको संझिए । पहिले पहिले चलचित्रले ५१ दिन मनाउने गरेको संझदै अहिले ५१ दिन मनाउन गाह्रो भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment