Comments Add Comment

टाइगर र दिशाको ब्रेकअप ?

बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको जोडीलाई बलिउडमा ‘क्युट कपल’ को उपनाम प्राप्त छ । उनीहरुको जोडीलाई सबैभन्दा आकर्षक मान्नेहरु पनि प्रसस्त छन् । यद्यपि, अहिले आएर दुबैको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ ।

दिशा र टाइगर लामो समयदेखि आफ्नो प्रेम सम्बन्ध अर्थात अफेयरका कारण चर्चामा आइरहन्छन् । त्यसो त दुबैले आजका मितिसम्म आफ्नो सम्बन्धका बारेमा सार्वजनिकस्थलमा खुलेर स्विकार गरेका छैनन् । यद्यपि, दुबैलाई प्रायः संगै लञ्च तथा डिनरमा देख्न सकिन्थ्यो ।

हालै मात्र पिंकभिलामा प्रकाशित एउटा रिर्पोटलाई विश्वास गर्ने हो भने दिशा र टाइगरले छुट्टनिे निर्णय गरिसकेका छन् । उक्त रिपोर्टका अनुसार दुबैका एक निकटस्थ सुत्रले उक्त कुराको खुलासा गरेका हुन् । उक्त सुत्रका अनुसार पछिल्ला केही हप्तादेखि उनीहरु दुबै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका थिए ।

उनीहरु दुबैले सहमतिमै एक-अर्काबाट अलग हुने निर्णय गरेको बताइन्छ । केहि दिनअघि मात्र प्रकाशित एउटा समाचारमा दिशा तथा आदित्य ठाकरेको निकटता बढिरहेको बताइएको थियो । उनीहरु दुबैलाई संग-संगै पनि देखिएको छ । तर पछि के थाहा भयो भने टाइगर र दिशा अलग हुनु पर्ने कारण यो थिएन ।

त्यहीं, अर्को सुत्रका अनुसार दुबैबीच धेरै अघिदेखि मतभेद जारी थियो, जसलाई उनीहरुले नै सुल्झाइरहेका थिए । अहिले आएर उनीहरुले प्रेमि-प्रेमिकाको साटो राम्रो साथीमात्र रहने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment