Comments Add Comment

उमेर अनुसार छालाको हेरचाह

तपाईं कति वर्षको हुनु भयो ? तपाईं जति नै वर्ष हुनु भए पनि आफ्नो छालाको सुरक्षामा ध्यान दिनु भएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण कुरा हो । छालाले व्यक्तिको उमेर बोल्छ भन्ने कुरा हामीलाई थाहै छ । छालाकै कारण हामीले आफ्नो वास्तविक उमेरलाई लुकाइरहन सकिरहेका हुँदैनौं । सबैभन्दा महत्वपूर्ण के छ भने हामीले हाम्रो छालालाई उमेरछँदैनौं । सबैभन्दा महत्वपूर्ण के छ भने हामीले हाम्रो छालालाई उमेर छँदैदेखि स्याहार गर्न थाल्नु पर्छ ।

हामीले जवानीमै छालाको सुरक्षामा ध्यान दिन सक्यौं भने बुढ्यौलीमा त्यसको सकारात्मक परिणाम प्राप्त गर्न सक्छौं । हामीले हाम्रो उमेर अनुसार छालालाई स्याहार गर्न सक्छौं, किनभने हरेक उमेरमा छालाको अवस्था अलग-अलग हुन्छ । छालाको हेरचाह यसको प्रकारमा पनि निर्भर गर्छ । किनभने हरेक व्यक्तिको छालाको आ-आफ्नै विशेषता हुन्छ । यहाँ हामी उमेर अनुसार छालाको स्याहार गर्ने अथवा हेरचाह गर्ने तरिका प्रस्तुत गर्दैछौं ।

बीस वर्षको उमेर

-बीस वर्षको उमेरदेखि नै छालाको स्याहारमा ध्यान दिने हो भने सबैभन्दा पहिला धूम्रपान र मद्यपानको लतलाई त्याग्नु पर्छ । धु्रमपान र मद्यपानले छाला उमेरभन्दा अघि नै चाउरी पर्छ ।

-छालाको स्याहारका लागि खानामा हरिया सागसब्जी र गाढा रंग भएका फलफूललाई समावेश गर्नु पर्छ । ।

– एसपीएफयुक्त मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । सफा पानीले अनुहार धोएपछि एसपीएफ-३० युक्त सनस्किन लोसन अथवा क्रिम प्रयोग गर्नुपर्छ । तैलीय छाला भएकालाई झोलयुक्त सनस्किन लाभदायक हुन्छ ।

-गुणस्तरीय क्लिन्जरमात्र प्रयोग गर्नुपर्छ । तैलीय छालाका लागि टोनर पनि प्रयोग गर्नुपर्छ । तैलीय छालाका लागि ग्लाइकोलिक एसिडयुक्त फेसवास अथवा क्लिन्जर प्रयोग गर्नुपर्छ ।  छाला सुख्खाका लागि माइल्ड क्लिन्जर राम्रो हुन्छ ।

तीस वर्षको उमेर

-आवश्यताभन्दा बढि सुरक्षाका लागि एन्टि-अक्सोडेन्ट फेस क्रिम प्रयोग गर्नुपर्छ ।

– भिटामिन ए, बी र सी प्राप्त हुने सन्तुलित भोजन गर्नुपर्छ ।

-गुणस्तरीय क्लिन्जर र मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

-छालालाई घामबाट जोगाउनुपर्छ ।

-छालालाई बढीभन्दा बढी हाइड्रेटेड राख्नका लागि अध्यधिकमात्रामा पानी पिउनु पर्छ ।

-गुणस्तरीय एन्टि-एजिङ प्रोडक्ट्स प्रयोग गर्नुपर्छ ।

-स्क्रब प्रयोग गर्ने सही उमेर नै यही भएकाले हप्ताको एकपटक कुनै पनि फ्रुट स्क्रब प्रयोग गर्नुपर्छ ।

चालीस वर्षको उमेर

-यो उमेरमा क्लिन्जिङ र मोइस्चराइजिङ लोसनको प्रयोग गर्नुपर्छ ।

-हरेक दुई घन्टापछि बढी एसपीएफयुक्त सनस्किन लोसन प्रयोग गर्नुपर्छ ।

-आँखामुनि गुणस्तरीय क्रिम लगाउन थाल्नु पर्छ ।

-यही उमेरदेखि एन्टिएजिङ क्रिम छनोट गर्न सकिन्छ । एन्टिएजिङ क्रिममा उल्लेखित पेपराइड्स कोएन्जाइम्स क्यु-१०, रेटिनोल, पोलिहाइड्रोक्सी एसिडजस्ता तत्वमा विचार गर्नुपर्छ ।

-छालाको रंगलाई हल्का गर्न क्रिम प्रयोग गर्न सकिन्छ ।

-राती ७-८ घन्टा सुत्नै पर्छ । निद्रा पुग्दा छालाको रंग सफा  हुन्छ ।

पचास वर्षको उमेर

-पचास वर्षको उमेर पुगेपछि छालामा बुढ्यौलीका संकेतहरु देखिन थाल्छ । छाला चाउरी पर्न थालेको स्पष्ट रुपमा देख्न सकिन्छ । यतिबेला सम्पूर्ण शरीरलाई नै मोइस्चराइजिङको आवश्यता पर्दछ ।  यो उमेरमा दिनकै २-३ पटक मोइस्चराइजिङ गर्नु उपयुक्त हुन्छ ।

-गुणस्तरीय एन्टिएजिङ क्रिम प्रयोग गर्नुपर्छ ।

-हाइलोरोनिक एसिड क्रिम पनि प्रयोग गर्न सकिन्छ ।

-यो उमेरमा छालालाई ट्रिटमेन्टको आवश्यकता पर्छ । त्यसकारण लेजरदेखि बोटोक्स टि्रटमेन्टसम्म गराउन सकिन्छ ।

-लेजर ट्रिटमेन्ट गराउँदा विशेषज्ञलाई नै छनोट गर्नुपर्छ ।

-छोटो समयमा धेरै तौल घटाउनबाट जोगिनुपर्छ । यसो गर्दा छालामा स्ट्रेच माक्र्सका साथै चाउरीपना देखिन सक्छ ।

-राम्रो र स्तरीय सौन्दर्य प्रसाधनको सही प्रयोगका साथै सन्तुलित खानपान तथा सकारात्मक सोचइले तपाईंलाई सधैं आकर्षक देखाइरहन सहयोग पुर्‍याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment