Comments Add Comment

जब डिभोर्सकै दिन लोग्नेलाई पर्‍यो ९ अर्बको चिठ्ठा

जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ?

अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले यस्तो खबर सुने कि खुसीले भुइँमा खुट्टा रहेन । तर अफसोच, उनको खुसी लामो समयसम्म टिक्न पाएन ।

घटना अमेरिकाको मिचिगनको हो । अदालतमा सुनुाइका क्रममा लोग्नेचाहिँले आफूलाई अर्बौँ रुपैयाँ बराबरको लट्री परेको सूचना पाए । तर जब उनलाई लट्री परेको सूचना न्यायाधीशले थाहा पाए तब तत्कालै लट्रीमा परेको रकम लोग्ने र स्वास्नीबीच आधा–आधा बाँड्नुपर्ने फैसला गरिदिए ।

मिशिगनका रिचार्ड डिक जेलास्कोलाई झण्डै ९ अर्ब रुपैयाँ बराबरको लट्री पर्यो । डिभोर्स हुनै लाग्दा समेत उनले चिट्ठामा पारेको त्यो रकम आफूसँग राख्न पाएनन् । त्यसको आधा हिस्सा डिभोर्स गरेर जान आँटेकी पत्नीलाई दिनुपर्ने फैसला अदालतले गर्यो ।

तथापि, रिचार्डका वकिलले भने अदालतको त्यो फैसलाविरुद्ध पुनरावेदन गरेका छन् । लट्री पर्नु भनेको रिचार्डको भाग्यको खेल भएको र त्यसमा पत्नीको हक नलाग्ने उनको तर्क छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment