Comments Add Comment

‘क्लिनफिड’को पक्षमा कलाकार

सरकारले ‘क्लिनफिड’ लागू गर्ने तयारी गरेसँगै इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिती र नेपाल केबल टेलिभिजन महासंघले २४ घन्टाका लागि विदेशी च्यानल बन्द गरेका छन् । सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी च्यानलमा विज्ञापनरहित लागू गर्ने तयारी गरेको हो ।

‘क्लिनफिड’को विरोधमा व्यवसायीहरु उत्रदा नेपाली चलचित्र क्षेत्रका कलाकारले पनि सरकारी कदमको समर्थन गरेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनीहरुले क्लिनफिडले कलाकार, प्राविधिकलाई पनि फाइदा हुने उल्लेख गरेका छन् ।

हाँस्य कलाकार हरिवंश आचार्य लेख्छन्–‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापन रोक्ने र विज्ञापनरहित विदेशी च्यानल प्रशारण गर्न नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका विक्रेताहरुले २४ घन्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केही असर गर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु विज्ञापन रहित हुनु हाम्रो लागि राम्रो होइन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली विज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन, पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतिलो निर्णयमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली विज्ञापन । नेपाली नेपाली कलाकार । जय नेपाली प्राविधिक ।’

हरिवंशले लेखेको यो स्टाटसमा अन्य थुप्रै कलाकारले पनि समर्थन जनाएका छन् । यस्तै, अर्का हाँस्य कलाकार दिपकराज गिरी लेख्छन्–‘हामीले गाउँको मह चाका छोडेर डावर हनी खान थालेको धेरै भो, नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरञ्जनको स्थान अहिले विदेशी ब्रान्डले लिएका छन् । कारण गुणस्तर मात्रै होइन, विदेशी टेलिभिजनमा आउने विज्ञापनको असर पनि हो । अत, सरकारले लिएका क्लिन फिडको निर्णय सहि छ, समर्थन छ । विदेशीलाई हाम््रो देशमा घुम्न बोलाउने हो, यही स्थाई बसोबास गराउने होइन । त्यस्तै विदेशी टेलिभिजनलाई पनि नेपालमा स्वागत गर्नपर्छु । उनीहरुको ब्रान्ड प्रमोशन गर्ने विज्ञापनलाई होइन । राष्ट्रियता, झन्डा बोकेर मात्रै हुँदैन ।’

यस्तै, नायिका करिश्मा मानन्धर लेख्छिन्–‘क्लिनफिड स्वागत योग्य । २४ घन्टा मात्रै होइन सकिन्छ भने दिगो हुनुपर्छ । विदेशी च्यानल हेर्न तल्लिन भएका हामीहरुको लागि केही समय अप्ठ्यारो पर्लाए । हो, हामीलाई लाइभ विदेशी कार्यक्रम हेर्ने सुबिधाको लत परेको छ । तर, त्यो सुका बचाउँदा रुपियाँ गुमाए भने झै हुन्छ । दुरदर्शिता राख्यो भने यो देशको हितमा हुनेछ । हो, केवल च्यालनहरुलाई अप्ठ्यारो पर्न सक्ला । तर, केही नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नुपर्छ । यसो गर्दा हाम्रो देशभित्र बन्ने टेलिभिजन सामाग्री स्तरिय हुनेछन् । हामीले प्रयोग गर्ने अधिकांश सामाग्री विदेशबाट आयातित हुन्छ ती सामाग्रीहरुको विज्ञापन स्वदेशमै निर्माण हुनेछन् । सुन्दा सामान्य लागेपनि यो निर्णयले आर्थिक, सांकृतिक रुपमा पक्कै सकारात्मक असर पार्ने छ ।

नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारहरुले सरकारले ल्याउने लागेको विदेशी च्यानलमा विज्ञापनरहित ऐनलाई समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment