Comments Add Comment

नेपाल आउन पाउँदा उत्साहित छुः आदित्य नारायण

नेपाल अहिले विदेशी कलाकार तथा गायक–गायिकाका लागि कार्यक्रम गर्ने राम्रो हब बनेको छ । विशेषगरि, बलिउडका चर्चित कलाकार, गायक–गायिकालाई नेपालमा ल्याएर कार्यक्रम गर्न नेपाली आयोजक पनि हौसिएका छन् । केही दिन अगाडि मात्र गायिका नेहा कक्कड नेपाल आएकी थिइन् । तर, उनको कार्यक्रम भने विवादित बन्यो ।

यसैविच, गायक आदित्यनारायण झा पनि नेपालमा कन्सर्टका लागि आउँदैछन् । जुलाई ६ तारिख अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् । उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

आदित्यले भिडियो सन्देश मार्फत आफू जुलाई ६ मा नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भनेका छन्–‘म आदित्यनारायण भिजिट नेपाल २०२० अन्र्तगट नै नेपाल आउँदैछु ।’ उनले नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै दर्शकलाई निम्तो समेत दिएका छन् ।

क्बल फरेनहाइटकै आयोजनामा हुन लागेको कार्यक्रममा प्रवेश गर्नका लागि दर्शकले १ हजार र १५ सयको टिकट काट्नुपर्नेछ । आयोजकले आदित्यको नेपालमा राम्रो क्रेज देखेर नै ल्याउन लागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment