Comments Add Comment

‘भीएलएन’मार्फत ठगी गरेको आरोपमा मलेसियाली पूर्वउपप्रधानमन्त्री पक्राउ

१० असार, काठमाडौं । अवैधानिक संस्था स्थापना गरेर विदेशबाट कामदार आपूर्ति गर्दा अनियमितता गरेको आरोपमा मलेसियाका पूर्वउपप्रधानमन्त्री डा. अहमद जहीद हामिदी पक्राउ परेका छन् । उनलाई यसपटक भीएलएन संस्थामार्फत कामदार ठगी गरेको आरोप लगाइएको छ ।

भीएलएन नेपाली कामदार मलेसिया लैजाने प्रक्रियमा पनि सहभागी संस्था हो । जसका विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले ठगीको आरोपमा कारवाही थालेका थिए ।

सो प्रक्रिया थालेपछि मलेसियाको रोजगारी बन्द भएको थियो । कामदारमाथि अवैध सिन्डिकेट लादेर भीएलएनले करोडौं ठगेको मुद्दा अझै अदालतमा विचाराधीन छ ।

यसै संस्थाको विषय उठाएर मलेसियाली पूर्वउपप्रधानमन्त्री सोमबार पक्राउ परेका थिए । बुधबार उनलाई अदालतमा उपस्थित गराएर मुद्दा अघि बढाउने तयारीमा मलसियाली सरकार छ ।

मलेसियाको भ्रष्टचार विरुद्धको आयोगले भीएलएनलाई वैधानिकता दिएर सञ्चालन गर्न हमिदीको संलग्नता रहेको ठहर गरेको छ । आयोगले भीएलएनमार्फत रकम उठाउने कामलाई अवैध भनेको मलेसियाली सञ्चारमाध्यले जनाएका छन् । श्रमिकलाई आर्थिक भार थोपर्ने हमिदीले निणय गर्न मुख्य भूमिका खेलेको आरोप लगाइएको छ ।

मलेसियाले अहिले यही विवादित संस्था नहटाई नेपालबाट कामदार आपूर्ति प्रक्रया फेरि सुरु गर्न चाहेको छ । तर, श्रममन्त्री बिष्ट अदालतमा ठगी मुद्दा दायर भएको कम्पनीमार्फत भिसा प्रक्रिया पुरा गरेर कामदार लैजान नदिने अडानमा छन् ।

यसै अवस्थामा मलेसियाली सरकारले पनि भीएलएनजस्ता अवैध रुपमा खडा भएका संस्था र एजेन्ट हटाउने तयारी सुरु गरेको छ । तर, अन्तिम निर्णयमा पुगेको छैन । यसका कारण मलेसियाको रोजगारी खुल्ने विषय अहिले अनिश्चित भएको श्रम अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment