Comments Add Comment

विचित्रकी महिला, जसले पुरुषको आवाज सुन्न सक्दिनन्

तपाईंले अनेकथरीका मानिस देख्नुभएको छ होला, जसको अचम्म खालको समस्या तथा क्षमता हुन्छ । एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् ।

समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ।

ती महिला पहिले सामान्य नै थिइन् । तर एकदिन रातको समयमा उनको कानमा घण्टी बजेझैँ भयो । केही बेरपछि उनलाई बान्ता पनि हुन थाल्यो । त्यसपछि उनको कानले सुन्न छाड्यो । डाक्टरका अनुसार उनको कानले अझैपनि न्यून आवृत्तिको आवाज सुन्न सक्दैन त्यसलाई reverse-slope hearing loss भनिन्छ ।

ती युवती आफ्नो ब्वायफ्रेण्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पतालमा पुगेकी थिइन् ।

वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् । महिलाको आवाज चाहीँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको हुने भएको हुँदा उनले सुन्ने गर्दछिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment