Comments Add Comment

अमेरिकामा नेपाली चेली कन्चन अमात्य पुरस्कृत

डिसी । नेपाली मूलकी चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार) द्वारा सम्मानित भएकी छिन् । उनलाई उक्त सम्मान वासिंटन डिसीस्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा सम्मानित गरिएको हो ।

अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेवापत अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
फोर्ब्स पत्रिकाको ३० बर्ष मुनिका धनीहरुको उत्कृष्ट ३० को सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागी युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन् ।

पुरस्कार ग्रहण गर्दै उनले जसको अधिकार उल्लङ्घन गरिएको छ, जसको सम्मानलाई अस्वीकार गरिएको छ र जसको आवाजहरू सुनिदैन उनीहरुको लागि आफूले पुरस्कार लिएको बताइन् ।

ललितपुर पाटन स्थायी घर भएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment