Comments Add Comment

धान दिवसको मुख्य कार्यक्रम बर्दियामा गरिने

११ असार, काठमाडौं । सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ ।

कृषि विभाग अन्र्तगत गठित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो ।

यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका ८ धोविनीपुरमा गरिने भएको छ । यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ ।

पत्रकार सम्मेलनमा चालु आर्थिक बर्ष २०७५÷७६ मा धानको उत्पादन अहिलेसम्म कै उच्च भएको जानकारी पनि गराइयो । महाशाखाका निमित्त महानिर्देशक एवं सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. रेवतीरमण पौडेलले अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment