Comments Add Comment

कुन औषधीसँग कस्तो खानपान गर्ने ?

आजकालको व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्ति कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित भएकै हुन्छन् । यस्ता स्वास्थ्य समस्याबाट राहत पाउनका लागि औषधीको सेवन गर्नुपर्ने बाध्यता नै भएको छ । औषधी सेवन गर्दा खानपानमा बिशेष सावधानी अपनाउनु आवश्यक छ । खानपानमा ध्यान नदिँदा औषधीले फाइदा गर्नुको साटो नोक्सान पनि पुर्याउन सक्छ । कुन औषधीसंग कस्तो खाना खानु पर्छ अथवा पर्दैन भन्ने कुरा जानी राख्नु आवश्यक छ ।

उच्च रक्तचापको औषधी

उच्च रक्तचापको बिरामीले अत्याधिक मात्रामा नुन खानु हुन्न भन्ने कुरा सबैमा अवगत नै छ । यो कुरा थाहा पाउँदा पाउँदै पनि अधिकांश व्यक्तिले हरेक दिन तीन गुना बढि नुनको सेवन गरेको पाइन्छ । यदि तपाईको प्याकेटको खानेकुरा (प्याक्ड फुड), बेक्ड फुड, ब्रेड, बिस्कुट र निम्की जस्ता खानेकुरा खाने बानी छ भने आजबाट नै यो बानी परिर्वतन गर्नुहोस् ।

नुनले शरीरमा पानीको मात्रा बढाउँछ, जसको कारण किड्नीमा धेरै दबाव पर्छ र उच्च रक्तचापको समस्या उत्पन्न हुन्छ ।

उच्च रक्तचापको औषधी सेवन गर्ने ब्यक्तिले नुनको सेवन अत्यन्त कम गर्नु पर्छ । यसो गर्दा उच्च रक्तचापको औषधीले राम्रोसँग काम गर्न सक्छ ।

उच्च रक्तचापको औषधी प्रयोग गर्ने व्यक्तिले यदि धेरै मात्रामा नुन सेवन गरेमा मुटुको समस्या उत्पन्न हुन्छ । यसको साथै मिर्गौला फेल हुने जस्ता धेरै समस्याहरु देखा पर्न सक्छ ।

उच्च रक्तचापको औषधी सेवन गर्नेले केरा र नरिवल पानी पिउन स्वास्थ्यकर मानिन्छ ।

मधुमेहको औषधी

हिजोआज अधिकांस मानिसहरुमा मधुमेहको समस्या छ । मधुमेह भएका व्यक्तिले अल्कोहल सेवन गर्नु अति नै हानीकारक मानिन्छ । यो कुरा मधुमेहको औषधीको प्याकेटमा पनि लेखिएको हुन्छ । तर धेरै मानिसहरु यो कुरालाई बेवास्ता गरेर मदिरापान गर्छन् । चिकित्सकहरु मधुमेहका औषधी खाने व्यक्तिले मदिरालाई हातै नलाउनु भन्छन् । ती औषधीको सेवन गर्नेले मदिरापान लिभरमा आवश्यकता भन्दा बढि दवाव पर्छ र औषधीले फाइदाको सट्टा नोक्सान पुर्याउन सक्छ ।

मधुमेयका बिरामीले मदिरापान गर्दा कमजोर महसुस हुन्छ । यसको साथै मधुमेह र प्यारासिटामोल जस्ता औषधीसँग मदिरापान गर्दा लिभर ड्यामेज हुन सक्छ ।

मधमेयका बिरामीले खाली पेटमा त मदिरापान गर्नै हुँदैन । यसको साथै मधुमेयका औषधिसंग ब्रेड, बिस्कुटहरु पनि खानु हुँदैन ।

दमको औषधी

दमका रोगीलाई सास फेर्न गाह्रो हुने भएकोले फोक्सोलाई आराम हुने र स्वासप्रश्वास क्रिया राम्रो बनाउनेको लागि चिकित्सकले क्लोजापिन, ब्रन्कोडाइलेट्र्स जस्ता औषधी दिएका हुन्छन् । ती औषधिले फोक्सोलाई आराम पुर्याउँछ र दमका रोगीले सजिलोसंग स्वास फेर्न सक्नछन् ।

यदि तपाई दमको औषधी प्रयोग गर्नु हुन्छ भने तपाईलाई कफिको प्रयोग  हानीकारक हुन्छ सक्छ । दमका रोगीले कफिको प्रयोग गर्दा धड्कनमा अनियमितता हुने, छटपटाहट र शरीरको अंगहरु अत्याधिक संवेदनशील हुने जस्ता समस्या हुन सक्छ ।

यदि तपाई कफिको शौखिन हुनुहुन्छ भने यो कुरा डाक्टरलाई बताउनुहोस् । डाक्टरले तपाईंलाई औषधीको अन्य कुनै विकल्प दिन्छन् अथवा कफि कति मात्रामा पिउने भन्ने सल्लाह दिन्छन् ।

दमका रोगीले एक चम्चा अदुवा र तुलसीको रस विहान बेलुका सेवन गर्नु फाइदाजनक मानिन्छ ।

रगत बाक्लो हुने रोगको औषधी

जुन ब्यक्तिलाई हर्ट अट्याक भैसकेको छ अथवा जसको शरीरमा ब्लड क्लटिंग छिट्टो हुने खतरा छ, त्यस्ता ब्यक्तिलाई चिकित्सकले रगत पातलो गराउने वरफरिन, एसिट्राम जस्ता औषधि दिन्छन् । शरीरमा रक्त सन्चालन राम्रेसँग होस् भन्नाका लागि ती औषधीहरु दिइएको हुन्छ ।

ती औषधीसंग हरियो सागपात सेवन गर्नु हानिकारक हुन्छ । हरियो सागपातमा भिटामिनको मात्रा बढि मात्रामा हुन्छ र वरफरिन नामको औषधीले शरीरमा भिटामिन निर्माण रोक्नको लागि दिइने औषधी हो । त्यसैले यदि तपाई यो औषधीको खानु हुन्छ भने हरियो सागपात सेवन गर्नु हुँदैन ।

एन्टिबायोटिक्स

एन्टीबायोटिक्सको साथमा डेरी प्रोडक्ट्सको प्रयोग अत्यधिक मात्रामा गर्नु हानीकारक हुन्छ । डेरी प्रोडक्ट्समा धेरै मात्रामा क्यासियम हुन्छ, जसले एन्टिबायोटिकलाई शरीरमा राम्रोसंग काम गर्न दिदैन । त्यसैले यदि तपाई एन्टिबायोटिक प्रयोग गर्दै हुनुहुन्छ भने डेरी प्रोडक्टलाई कम मात्रामा सेवन गर्नु उचित हुन्छ ।

आइरन र क्याल्सिम ट्याब्लेट एकैसाथ खानु हुँदैन । दुबै ट्याब्लेट खानु परेमा एउटा बिहान र एउटा राती खानु पर्छ । त्यस्तै एन्टिबायोटिकको प्रयोग गर्दा दुध र दुधबाट बनेका कुराहरु सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment