Comments Add Comment

बन्यो अनौठो औषधि, पादलाई सुगन्धित बनाउने

दुनियामा सबै प्राणीले ग्यास छाड्छन् । चाहे मानिस होस् वा जनावर । आफ्नो सरीरभित्र रहेको अनावश्यक ग्यासलाई मलद्वारबाट पादको रुपमा वा मुखबाट डकारको रुपमा बाहिर निकालिन्छ ।

कतिपय मानिसमा बढि पाद आउने समस्या नै हुन्छ । यसका कारण उनीहरुलाई त गाह्रो हुन्छ नै अरु मानिसलाई पनि दुर्गन्धले असर पार्दछ ।

अब चाहीँ बढि पाद आउने समस्या भएका हरुका लागि खुसीको खबर छ । एउटा यस्तो औषधि तयार भएको छ, जुन पादको समस्या भएकाका लागि रामवाण हुनसक्छ ।
फ्रान्सको एउटा कम्पनीले यस्तो औषधि बनाएको दाबी गरेको छ जसले पादको दुर्गन्धलाई सुगन्धमा परिणत गरिदिन्छ ।

अपानवायुको दुर्गन्धलाई सुगन्धमा बदल्ने त्यो अनौठो औषधि क्रिस्टियन पोन्चेवल नामका एक जना वैज्ञानिकले आविष्कार गरेका हुन् ।

पश्चिमी फ्रान्समा बस्ने क्रिस्टियनले आविष्कार गरी उनको कम्पनीले उत्पादन गरेको सो औषधिले पादलाई गुलाब वा चकलेटको बासनामा परिणत गरिदिन्छ ।

क्रिस्टियनले सन् २००७ देखि नै यस्तो औषधिको बारेमा अनुसन्धान गरिरहेका थिए । उनले आफुले आविष्कार गरेको त्यो औषधि बेच्नका लागि एउटा वेबसाइट नै बनाएका छन् ।

उक्त वेबसाइटमा बताइए अनुसार औषधि पूर्ण रुपमा प्राकृतिक हो । र त्यसमा कुनै कृत्रिम रासायनिक पदार्थको प्रयोग गरिएको छैन ।

यो औषधिको माग निकै उच्च रहेको दाबी पनि उनले गरेका छन् । लुटिन मलिन नामक कम्पनी स्थापना गरी उनले यसको व्यवसायिक उत्पादन सुरु गरेका हुन् ।

धेरै वर्षअघि एउटा भोजमा जाँदा कुनै व्यक्तिले पादेपछि फैलिएको दुर्गन्धका कारण आफुलाई यस्तो औषधिको आविष्कार गर्ने आइडिया फुरेको र अन्ततः त्यसमा सफल भएको उनले बताउने गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment