Comments Add Comment

भारतविरुद्ध इंग्ल्यान्डको ब्याटिङ सुरु

१५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले भारतविरुद्ध ब्याटिङ थालेको छ ।

टस जितेर इंग्ल्यान्डले ब्याटिङ गर्ने निर्णय गरेपछि भारतले बलिङको निम्तो पाएको हो । आजको खेलमा भारतले इंग्ल्यान्डलाई पराजित गर्न सके सेमिफाइनलमा पुग्नेछ । तर भारत पराजित भएमा इंग्ल्यान्डको सेमफाइनल पुग्ने सम्भावना कायमै रहन्छ ।

६ खेल खेल्दासम्म अपराजित यात्रालाई कायमै राखेको भारत जितको खोजीमा हुनेछ । तर इंग्ल्यान्ड भने भारतलाई रोक्न चाहन्छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतको ११ अंक छ । इंग्ल्यान्ड अंक तालिको पाँचौ स्थानमा छ । ७ खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको इंग्ल्यान्डको ८ अंक छ ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, हार्दिक पाण्ड्या ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment