Comments Add Comment

कबिर सिंहअघि पनि शाहिदले गरेका थिए कमाल

यतिबेला सिनेमा घरमा ‘कबीर सिंह’ले धुमधाम व्यापार गरिरहेको छ । लामो विश्रामपछि शाहिदले यही चलचित्रमार्फत अभिनयमा प्राण भरेका छन् ।

विवाह गरेर दुई सन्तान हुर्काइरहेका साहिद गृहस्थीमा रमाइरहेका थिए । यसबीचमा उनी फाट्टफुट्ट मात्र चलचित्रमा देखापरे । अहिले भने उनी धमकेदार रुपमा प्रस्तुत भएका छन्, कबीर सिंहमार्फत । यो चलचित्रबाट उनले के संकेत गरेका छन् भने साहिदको अभिनय अझै निथि्रएको छैन ।

त्यसो त यसअघि पनि उनले आफ्नो अभिनय क्षमता पेश गरिसकेका छन् । विवाह, हैदर जस्ता उनका थुप्रै चलचित्र छन्, जसले दर्शकमा गहिरो छाप छाडेको थियो ।

विवाह (२००६)

विवाह एउटा पारिवारिक युवती पूनम तथा प्रेमको परम्परागत विवाहको कथामा आधारित फिल्म हो । पूनमको परिवारले प्रेमसँग उनको विवाह तय गरेका हुन्छन् । त्यसैबीच एउटा घटना घट्छ । उक्त घटनाले दुबैको प्रेम कथाले नयाँ मोड लिन्छ । उक्त फिल्ममा शाहिदको अभिनय विशिष्ट श्रेणीको छ । कबीर सिंहपछि शाहिदले अभिनय गरेको यही फिल्मले बक्स अफिसमा सर्वाधिक आम्दानी गर्न सफल भएको थियो । उक्त फिल्ममा शाहिद निकै सोझो तथा निर्दोष देखिएका छन् ।

हैदर (२०१४)

यो फिल्ममा शाहिदले एउटा कश्मीरी युवकको चरित्र निर्वाह गरेका छन्, जसका बुवा बेपत्ता भएका हुन्छन् । कालान्तरमा के कुरा थाहा हुन्छ भने ती युवकका काकाले नै उनका बुवालाई गायव मात्र बनाएका हुँदैनन्, उनकै आमासंग पनि अफेयर हुन्छ । यो दर्दनाक फिल्मको अन्त्यमा ती युवक पनि मारिन्छन् । शाहिदको चरित्रले दर्शकको रौं नै ठाडो पारिदिन्छ ।

उडता पञ्जाब (२०१६)

ड्रग एडिक्ट पप स्टार । शाहिदको उक्त चरित्र हिंसा तथा नशाका कारणले केही हदसम्म कबीर सिंहको नजिक आउँछ । करीना कपूर तथा आलिया भट्ट स्टारर उक्त फिल्ममा पनि शाहिदको अभिनय हेर्न लायक छ । उनको अभिनयले दर्शकले भरपुर मनोञ्जन लिन सक्छन् ।

जब वी मेट (२००७)

आफ्नो पारिवारिक जीवनबाट दिक्क भएका बिजनेस म्यान तथा एक मदमस्त पञ्जावी युवतीको प्रेम कथालाई दर्शकले अत्यन्त मन पराए । यो फिल्म्मा शाहिदको अभिनय तथा नृत्य दुबै उत्कृष्ट छन् ।

कमीने (२००९)

शाहिदको दोहोरो भूमिका भएको यो फिल्ममा प्रियंका चोपडा पनि छिन् । ड्रग, भ्रष्ट राजनीति तथा हिंसाले भरिएको यो फिल्ममा शाहिदको चरित्र एकातिर सोझो छ भने अर्कोतिर बद्मास । केही-केही कबीर सिंह जस्तै । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment