Comments Add Comment

फराह खानले किन फुक्र्याए रोहित सेट्टीलाई ?

एउटा ठट्यौली छ, ‘गाडी नहुँदो हो त रोहित सेट्टीले चलचित्र बनाउने थिएनन् ।’ हुनपनि उनको चलचित्रमा गाडीकै खेल हुन्छ । गाडी उडाएको, गाडी जुधाएको । यद्यपी उनका धेरैजसो चलचित्रले बक्स अफिसमा कमाल मच्याएको छ ।

चेन्नाई एक्सप्रेस, गोलमाल, सिंघम, वोल बच्चन, सिम्बा जस्ता चलचित्रका निदेृशक रोहित शेट्टी बलिउडका त्यस्ता निर्देशक हुन् जसका तीन वटा फिल्मले बक्स अफिसमा २ सय करोड भारुको आँकडा पार गरेका छन् ।

सुपरहिट चलचित्रका निर्देशक रोहित निकै रसिक पनि छन् । उनी सेटमा पनि हाँसीमजाक गरिरहेका हुन्छन् । अहिले उनी आफ्नो चौथो प्रहरी केन्दि्रत फिल्म सूर्यवंशीमा काम गरिरहेका छन् । उक्त फिल्ममा अक्षय कुमार र कट्रीना कैफ मुख्य भूमिकामा छन् । कोरियोग्राफर फराह खानले रोहित शेट्टीको प्रसंशा गर्दै भनेकी छिन्-‘उनी बलिउडकै मेहनती निर्देशक हुन् ।’

कोरियोग्राफर खानले बिहिबार आफ्नो इन्स्टाग्राममा रोहित शेट्टी र कट्रीना कैफसँगको तस्बिर शेयर गर्दै लेखेकी छिन्-‘केही व्यक्ति सफलताको सपना देख्छन् । जबकी केही व्यक्तिहरु उठेर कडा मेहनत गर्दछन् ।’ तस्बिरबाट के अनुमान लगाउन सकिन्छ भने उनीहरु कट्रीना कैफलाई लिएर टिप टिप वर्षा पानी…को रिमेकको छायांकन गरिरहेका छन् ।

कट्रीनाले हालै मात्र सूर्यवंशीको सेटबाट केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्, जहाँ उनी तौलियामा देखिएकी थिइन् । सूर्यवंशी फिल्मको रिलिज डेट २०२० को इदको दिनलाई तोकिएको थियो । सोही मितिमा सलमान खानको फिल्म इंशाअल्लाह पनि प्रदर्शन हुने भएपछि रोहितले आफ्नो फिल्मलाई २७ मार्च २०२० मा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment