Comments Add Comment

आईफा ठूलो अवसर हो, अबको ५० वर्षमा पनि पाइन्न : सीईओ जोशी

१५ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड आईफा नेपालमा गर्ने सरकारको निर्णयको बचाउ गरेका छन् । आईफा जस्तो विश्वस्तरीय अवार्ड आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।

भारतीय फिल्म अवार्ड गर्न सरकारले ठूलो धनराशी खर्च गर्न लागेको भन्दै आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गरेर सीईओ जोशीले यस्तो अवसर नेपालले अबको ५० वर्षमा पनि नपाउने दाबी गरे ।

उनले सरकारी खर्चमा आईफा अवार्ड गर्न लागेको स्वीकार गरे । तर कति भन्ने टुंगो लाग्न बाँकी रहेको बताए । ‘होटल, हवाइ भाडा र काठमाडौंभित्रको यातायातमा हाम्रो खर्च हुन्छ, त्यसमा के कति लाग्छ भन्ने टुंगो लागेको छैन । यसबाहेक आयोजकले ४० लाख डलर मागेको छ, कुराकानी जारी छ,’ जोशीले भने ।

वार्ताका क्रममा आयोजकले धान्नै नसक्ने खर्च मागियो भने कार्यक्रम रद्द हुन पनि सक्ने उनले बताए । तर, आफूहरुले त्यस्तो अवस्था नआओस् भन्ने चाहेको उल्लेख गरे ।

यो पनि पढ्नुहोस अवार्ड भारतको, खर्च नेपालको किन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment