Comments Add Comment

गुगलको भर पर्दा सय वटा गाडी पुगे हिलोको खाडलमा

Photo Credit : सांकेतिक तस्वीर

प्रविधि क्षेत्रमा नयाँ–नयाँ आविष्कार दिनप्रतिदिन भइरहेका छन् । मानिसहरु अहिले आफूलाई भन्दा धेरै प्रविधिलाई विश्वास गर्न थालेका छन् । मान्छेहरु अहिले धेरै भर पर्ने मध्येको एउटा प्रविधि हो, गुगल म्याप ।

गुगल म्यापको नेभिगेसनको सहयोगमा हामी कसैको सहयोगविनै बाटो पत्ता लगाएर गन्तव्यमा पुग्न सक्छौँ । तर यो गुगल म्याप पनि सधैँ भरपर्दो कहाँ हुन्छ र ? हालै एउटा यस्तै अनौठो घटना भएको छ ।

घटना अमेरिकाको हो । अमेरिकाको कोलोराडो विमानस्थलमा जान हिँडेका १ सयभन्दा धेरै गाडीहरु गुगल म्यापको भर पर्दा एयरपोर्टको साटो हिलोको खाडलमा पुगेका छन् ।

समाचारअनुसार, कोलोराडो इन्टरनेसनल एयरपोर्ट जाने सडकस्थित Pena Boulevard क्षेत्रमा सडक दुर्घटना भयो । जसका कारण त्यहाँको ट्राफिक अवरुद्ध हुन पुग्यो ।

ट्राफिक जाम भएसँगै गाडी चालकहरुले गाडीको नेभिगेसनमा गुगल म्याप लगाएर छोटो वैकल्पिक बाटोको खोजी गरे । त्यसपछि गुगलले देखाएको बाटो पछ्याउँदै अघि बढे ।

गुगलको भर परेर छोटो बाटोतिर एक दुई हैन सयवटा गाडी गएछन् । त्यो बाटो हिलै हिलोले भरिएका खाल्डाखुल्डीयुक्त थियो । त्यो बाटोतर्फ गएका सबै गाडीहरु बाटोमा रहेका हिलोका खाल्डाहरुमा फसे । सयवटा गाडी त्यसरी बाटोमा फस्दा त्यहाँ निकै अनौठो दृश्य देखिएको थियो ।

त्यो बाटो सिङ्गल लेनको भएको हुनाले गाडीहरु अगाडि बढ्ने वा पछाडि फर्कने अवस्था थिएन । गुगलको भर परेर बाटो लाग्दा अलपत्र परेको घटनाको समाचारले तरङ्ग उत्पन्न गरेसँगै गुगलले विज्ञप्ति नै जारी गर्नुपर्यो ।

गुगलले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामी ड्राइभिङ्ग रुट बताउनका लागि सडकको आकारदेखि दूरीलगायतका हरेक चिजको सम्भव भएसम्म ख्याल गर्दछौँ । आफ्ना प्रयोगकर्तालाई सबैभन्दा उपयुक्त बाटो बताउन सकियोस् भन्ने हाम्रो कोसिस रहन्छ । तर केही चिजहरु हाम्रो हातमा हुन्नन्, जस्तै मौसम । हामी सबै चालकहरुसँग अनुरोध गर्दछौँ कि स्थानीय नियम कानूनहरुको पालना गर्नुहोस्, सतर्क र सचेत रहनुहोस् । गाडी चलाइरहेको समयमा सही निर्णय लिनुहोस् ।’
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment