Comments Add Comment

असार २१ बाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप नचल्ने

Photo Credit : अनलाइनखबर फाइल

१६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ ।

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो बताए ।

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले दुई हजार राजस्व बुझाउने गर्दछन् । ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

यस वर्ष जेठसम्ममा २७ करोड राजस्व सङ्कलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment