Comments Add Comment

बोर्डको बार्षिकोत्सवमा भूवन, शिवदेखि राजेन्द्रसम्म सम्मानित

चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औं बार्षिकोत्सवम रुपमा मनाएको छ । सोमबार काठमाण्डौमा रहेको बोर्डको आफ्नै भवनमा आयोजित कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको उपस्थितीमा बोर्डले बार्षिकोत्सव आयोजना गरेको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु यादव खरेल, निर शाह, शम्भूजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ल लगायत उपस्थित थिए । १९ औं वार्षिक उत्सवको अवसर पारेर चलचित्र विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना चलचित्रलाई डिजिटल प्रविधिमा ढालेको छ । जसमा ‘आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश, शान्तिदीप छन् । अन्य चलचित्रलाई पनि विस्तारै डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ ।

कार्यक्रममा चलचित्र क्षेत्रको विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी कलाकार दोशी आखी इतो (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई सम्मानित गरिएको थियो । यस्तै, कामना पब्लिकेसनलाई पनि कार्यक्रममा सम्मानित गरियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डले आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो । बोर्डले यो बर्ष ३ करोड रुपैयाँ सरकारको सहयोग र १७ करोड आन्तरिक श्रोतबाट उठाउने बताएको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले आफू चलचित्र क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर काम गर्न सधै नै तयार भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment