Comments Add Comment

जोगबनी रुट प्रयोगमा भारतको अवरोध

१६ आसार, विराटनगर । भारतीय पक्षले बिना सूचना मालवाहक सवारीलाई जोगबनी बजारको रुट प्रयोगमा रोक लगाएको छ । भारतीय कदम नेपाल–भारत तथा बीबीआईएन पारवहन सन्धी विपरित छ ।

फारबीसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले चार दिनदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनी बजारको रुटबाट मालबाहक सवारी जान रोक लगाएको हो । भारतीय अवरोधका कारण जोगबनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन मालवहाक सवारी साधन जान पाएका छैनन् ।

दुई देशको पारवहन सन्धीमा कोलकत्ताबाट विराटनगर नाकाका लागि जोगबनी बजारको रुट प्रयोग गर्ने र नेपालले प्रयोग गर्ने पारवहन सुविधाको रुटमा केन्द्र सरकार र स्थानीय सरकारले अबरुद्ध गर्न नपाउने उल्लेख छ ।  तर, कार्यालय अनुमण्डल पदाधिकारी, फारबिसगञ्जका नाममा २२ मेमा सार्वजनिक गरिएको परिपत्रमा नेपालबाट भारततर्फ जाने खाली गाडी आईसीपी भएर मात्र फर्कनु पर्ने, जोगबनी बजार हुँदै गए कारबाही गर्ने उल्लेख छ ।

यसले सयौं गाडी र खाली कन्टेनर बोकेका ट्रेलरहरू नेपालतर्फ अलपत्र परेका छन् ।

भारतको स्थानीय प्रशासनले जोगबनीको रेल्वे यार्डमा नेपालका लागि आएका सामान ओसार्न खाली ट्रक पनि जान दिएको छैन । यसका कारण चार दिनदेखि नेपालका लागि आएका फलामे कच्चा पदार्थ यार्डमा अलपत्र परेका छन् ।

आरती स्ट्रिप प्रालीका भन्सार प्रतिनिधि रन्जितकुमार सोनीले मुख्य रुट प्रयोग गरेर खाली ट्रक र लहरी जान नदिएपछि जोगबनी रेल्बे यार्डमा कोलकत्ताबाट आएको औद्योगिक कच्चा पदार्थ यार्डमा रोकिन पुगेको बताए । ‘दुई दिनमा हुने काम एक सतामा लम्बिएको छ,’ सोनीले भने ‘एकातर्फ उद्योगमा कच्चा पदार्थ सयममै नपुग्ने समस्या थपिएको छ भने अर्कोतर्फ रेल्बे यार्डमा औद्योगिक कच्चा बस्तु रोकिँदा चार्ज तिर्नुपजरेको छ । उद्योगी व्यावसायीहरु दोहोरो मारमा परेका छन् ।’

सोनीकाअनुसार आरती स्ट्रिपको कच्चा पदार्थ रेल्बे यार्डमा एक साताबाट रोकिएको छ ।

पशुपती ढुवानी सेवाका सञ्चालक सन्तोष सराफले पनि जोगबनी बजारबाट खाली ट्रक र लहरी लैजान निषेध गर्दा कोलकत्ताबाट आएको औद्योगिक कच्चा पदार्थ नेपाल ढुवानीमा समस्या उत्पन्न भएको सुनाए । मुख्यतः गोल्छा अर्गनाइजेशन, आरती स्ट्रिप लगायतका ठुला उद्योगहरुको कच्चा पदार्थ जोगबनी रेल्वे यार्डमा रोकिएका छन् ।

सराफकाअनुसार रेल्वे यार्डमा आएको औद्योगिक कच्चा पदार्थ अनलोड भएको १२ घण्टाभित्र क्लियर गरिसक्नुपर्ने प्रावधान छ । तोकिएको समयमा क्लियर नभएको खण्डमा प्रतिघण्टा एक वागेनको १ सय ५० भारु तिर्नुपर्छ । चार दिन यतामात्र धेरै औद्योगिक कच्चा पदार्थ रेल्वे यार्डमा रोकिएकाले नेपाली उद्योगी व्यावसायीहरुले थप व्यायभार बेहोर्नु परेको छ ।

विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्ययले नेपालले पारवहनको सुविधा पाएको जोगबनी रुटमा खाली ट्रक लहरी जानलाई फारवीसगञ्जको नगरस्तरीय प्रशासनले रोक लगाउँदा नेपालीहरु मरमा परेको बताए । ‘नेपाल भारतको १९५० को सन्धिलाई अवमुल्यान गर्ने काम फारवीसगञ्जको नगरस्तरीय प्रशासनलले गरेको छ,’ उनले भने ‘भारतीय प्रशासनले यो निर्णय गरेर नेपालीमाथि ज्यादती गरेको छ । यसलाई हामीले कृतिम रोकावट मानेका छौं ।’

भारतीय प्रशासनले निर्माणधीन आईसीपीको बाटो भएर खाली ट्रक र लहरी लैजान भनेको छ । तर जोगबनी रुटमा दैनिक ३ सय ट्रक र लहरी आउने जाने गरेकोमा आईसीपीबाट दैनिक बढीमा ६० बटा मात्र आउन सक्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केशीले भने जोगबनी रुट बन्द गरिएको आधिकारिक जानकारी नभएको बताए । ‘हाम्रा चासो भनेको निर्वाध रुपमा हाम्रा सामानहरु ऋावागमन हुर्नुपर्छ’ प्रजिअ केशीले भने, ‘पारवहन सन्धीअनुसार सुविधा पाउनु पर्छ । यदि जोगबनी रुटमा अवरोध धउका ेहो भने समस्या समाधानका लागि पहल गर्छौं ।’

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिंमास अधिकारीले भने शुक्रबारदेखि नेपालले प्रयोग गदै आएको जोगबनीको रुटमा खाली सावारी साधान लैजान भारतीय प्रशासनले रोक लगाएको बताए । यो विषय मौखिक रुपमा मोरङ प्रशासनलाई दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment