Comments Add Comment

‘बोक्सी भन्दै प्रहरी हवल्दारले कुटे’

१७ असार, सप्तरी । सप्तरीकी एक महिलाले प्रहरी हवल्दारले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको आरोप लगाएकी छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी प्रहरी हवल्दार कमलदेव यादवले कुटेको बताइन् ।

जशोधियादेवी र कमलदेवबीच काकी-भतिजाको नाता छ । पत्रकार सम्मेलनको बेला उनका आँखा वरिपरि निलडाम देखिन्थे ।

कमलदेव काठमाडौंमा कार्यरत रहेको र घर आएको बेला आफूलाई बोक्सीको आरोपमा पटक-पटक कुटपिट गर्ने गरेको उनको भनाइ छ । ‘एक, दुई पटक मात्र होइन, धेरै पटक कुटपिट गर्दै आएका छन्,’ जशोधियादेवीले भनिन्, ‘पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा मलाई बचाउन आएकी छोरीलाई समेत कुटपिट गरे ।’

कमलदेवविरुद्ध प्रहरीले निवेदन दर्ता गर्नसमेत नमानेको उनले पत्रकार सम्मेलनमा बताइन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घटनाको छानबिन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुवै पक्षलाई बोलाइएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment