Comments Add Comment

जापानको अनौठो चलन, जोडी मिलाउन डीएनए टेष्ट

जापनमा डीएनए म्याचिङ्गको माध्यमबाट पार्टनरको खोजी गरिँदैछ । त्यसलाई स्पीड डेटिङ्गको नाम दिइएको छ । यसको पछाडिको तर्क छ कि दुई जनाको जिन जति धेरै फरक हुन्छ, उनीहरु पार्टनरसँग आकर्षित हुने सम्भावना उति नै धेरै हुन्छ ।

२५ वर्षदेखि जोडी भेट्टाइदिने म्याच मेकिङ्ग सेवा दिइरहेको कम्पनी Nozze  ले डीएनए म्याचिङ्गको कार्यक्रम गत जनवरी देखि सुरु गरेको हो । कम्पनीले जोडी खोज्नका लागि आउने ग्राहकबाट डीएनएको नमूना लिन्छ र डीएनए रिपोर्टका आधारमा म्याचिङ्ग गराउँदछ ।

पर्फेक्ट डीएनए म्याचिङ्गका लागि सयौँ प्रयोगकर्ताले Nozze  को यस कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

अघिल्लो महिना कम्पनीले राजधानी टोकियोको गिन्जा क्षेत्रमा डीएनए म्याचिङ्ग पार्टीको आयोजना गरेको थियो । त्यस कार्यक्रमका क्रममा ४ वटा जोडीको म्याचिङ्ग भएको थियो । जोडीको डीएनएको आधारमा म्याचिङ्ग कम्प्याटिबिलिटी ८० प्रतिशतभन्दा धेरै भएको ठहर गरिएको थियो । एकजना ४१ वर्षका पुरुष र ३२ वर्षकी महिलाबीच त यस्तो सूचक ९८ प्रतिशत पाइएको थियो ।

कम्पनीले डीएनए टेष्टका लागि नमूना संकलन गर्दछ र वैज्ञानिक प्रयोगशालामा रिपोर्ट तयार गरिन्छ ।

कम्पनीका प्रवक्ताका अनुसार कुनै एक व्यक्ति विपरीत लिंगीको अर्को व्यक्तिप्रति आकर्षित हुनुमा डीएनएको योगदान ५० प्रतिशत हुन्छ । बाँकी ५० प्रतिशत योगदान वातावरणीय पक्षको रहन्छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment