Comments Add Comment

घुस्याहाको शैली फेरियो, नगद होइन बैंक भौचर बुझ्छन्

१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेमा छापा मारेर सव इन्जिनियर धनवीर भगतलाई पक्राउ गर्‍यो । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीसँग नगद बरामद भएन ।

तर बैंक भौचर बरामद भयो । घुस रकम बैंक खातामा जम्मा गर्न लगाएर त्यसको भौचर लिने गरेको पाइएको अख्तियारको टोलीले बताएको छ ।

अख्तियारका अधिकारीहरुका अनुसार नगद लिँदा पक्राउ गर्ने भएपछि पछिल्लो समय बैंक खातामा पैसा जम्मा गर्न लगाएर भौचर बुझ्ने गरेको पनइएको छ । यसअघि घुस माग्दा अख्तियारले नै रकम दिएर पठाउने र नोटको फोटोकपी गरेर राख्ने गरेको थियो । त्यसलाई घुसको प्रमाणका रुपमा मानिन्थ्यो ।

भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए । रकम उठाउन पूर्व सव इन्जिनियर निरज चौधरीले एजेन्टीको भूमिका खेलेका थिए । उनी पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment